वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ४, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ४ जेठ, काठमाडौं ।
  •   नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको टिप्पणी गरेका छन्।
  • प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गरेका हुन्।

 

४ जेठ, काठमाडौं । 

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गरेका हुन्। उनले कांग्रेस र एमालेको संयुक्त सरकार गठन भए पनि सरकार ‘सरकार जसरी’ सञ्चालनमा नआएको बताए। उनले संसद पनि प्रभावकारी रूपमा सञ्चालन नभएको आरोप लगाए।

वर्तमान प्रणालीप्रति जनतामा निराशा बढ्दै गइरहेको बताउँदै सांसद गौतमले वर्तमान सरकारले जनतामा आशा र भरोसा पैदा गर्न नसकेको आरोप लगाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?