एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव

nepaltathya_news nepaltathya_news
|
बिहिबार, पौष २६, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २६ पुस, काठमाडौं।
  • राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ।
  • बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.

२६ पुस, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएका हुन्। उनले विद्यार्थीहरुको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा विद्यार्थीहरुको गुणस्तर खस्किने बताए। उनले एसईई हटाउँदा विद्यार्थीहरुले राम्रो गर्छन् भन्नेमा आफूलाई विश्वास नभएको बताए।

अध्यक्ष शर्माले कक्षा ८ पछि एकैपटक १२ कक्षामा परीक्षा लिँदा विद्यार्थीहरुको उत्तिर्ण हुने दर घट्ने बताए। उनले कक्षा १० मा अनुत्तिर्ण हुने विद्यार्थी पुनः भर्ना भएर पढ्नसक्ने तर कक्षा १२ मा विद्यार्थी अनुत्तिर्ण भए उमेरको कारणले पनि पुनः पढ्न मन नगर्ने मनोवैज्ञानिक पाटोको पनि ख्याल गर्नुपर्ने बताए। कक्षा १० मा परीक्षा आवश्यक रहेको बरु कक्षा १० को परीक्षा केन्द्रले नगरिकन प्रदेश तहले गर्नसक्ने उनको भनाइ छ। उनले कोभिड १९ को महामारीपछि कक्षा ११ को परिक्षा पनि सम्बन्धित विद्यालयले नै लिइराखेको उल्लेख गर्दै सो कक्षामा शतप्रतिशत विद्यार्थी उत्तिर्ण भइराखेको बताए। कक्षा ११ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण हुने तर कक्षा १२ मा आधा विद्यार्थी अनुत्तिर्ण हुने हुँदा विद्यालयले गर्ने मूल्यांकनमाथि पनि प्रश्न उठ्ने उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?