लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र ८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ८ चैत, काठमाडौं ।
  • नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार यस वर्षबाट पुन: सुरु गर्ने भएका छन् ।
  • भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)को रिपोर्टअनुसार, ६ वर्षको अन्तरालपछि उक्त भूमि हुँदै दुई छिमेकी देशले पुन: सीमा व्यापार सुरु गर्ने तयारी गरेका हुन् ।

८ चैत, काठमाडौं ।

नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार यस वर्षबाट पुन: सुरु गर्ने भएका छन् । भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)को रिपोर्टअनुसार, ६ वर्षको अन्तरालपछि उक्त भूमि हुँदै दुई छिमेकी देशले पुन: सीमा व्यापार सुरु गर्ने तयारी गरेका हुन् ।

पीटीआईले उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईलाई उद्धृत गर्दै सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको आदेशअनुसार तयारी सुरु भइसकेको दाबी गरेको छ । स्थानीयले पुलाङ–गुन्जी भन्ने लिपुलेक भञ्ज्याङ, कालापानी क्षेत्रमा अवस्थित तीनवटा गाउँहरूमध्ये एक हो । अहिले भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।  यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको विरोध गरेको थियो ।

भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरेपछि यो व्यापार पुन: सुरु हुन लागेको हो । भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई हिमालयन भञ्ज्याङ हुँदै हुने व्यापार पुन: सुरु गर्न अनुरोध गर्दै पत्र लेखेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी
उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा
‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं महानगर एक्सनमा : राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ
एन्फाको वार्षिक बजेट डेढ अर्ब