वेस्ट इन्डिजसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन १४, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १४ असोज, काठमाडौं ।
  • नेपाल र वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल हुँदै छ ।
  • यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।

१४ असोज, काठमाडौं ।

नेपाल र वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल हुँदै छ । यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ । दुवै खेलमा जित निकाल्दै नेपालले शृंखला आफ्नो नाममा गरिसकेको छ । आजको खेल पनि जितेमा नेपालले शृंखला क्लिन स्वीप नै गर्नेछ । bअधिकांश युवा खेलाडीले भरिएको वेस्ट इन्डिजको कम अनुभवी टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।

नेपालले हालसम्म खेलेका ३ वा सोभन्दा बढी खेल समावेश भएका द्विपक्षीय शृंखलामा क्लिनस्वीप गरेको छैन । आज क्लिनस्वीप गर्न सकेमा आफैंमा नेपालका लागि कीर्तिमानी जित हुनेछ । नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल घुम्न आएका एक भारतीय नागरिकको मृ*त्यु
रास्वपाले रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी
सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
बालेनको क्याबिनेटबाट अमरेश आउट
संसद भवन अगाडिको सडकमा कडा सुरक्षा