सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र २२, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २२ भदौ, पोखरा।
  •   प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन्।
  • गणतन्त्रको नाममा मुलुकमा दलहरुको लुट, भ्रष्टाचार, कुशासन, अनियमितता बढदै गइरहेको बताउदै उनले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए।

२२ भदौ, पोखरा। 

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन्। गणतन्त्रको नाममा मुलुकमा दलहरुको लुट, भ्रष्टाचार, कुशासन, अनियमितता बढदै गइरहेको बताउदै उनले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए। पोखराको रानीपौवा स्थित तमु भवनमा आज (शनिबार)आजपाको कास्की जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले सामाजिक संजाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक संजाल बन्द गरेर संविधानले प्रदान गरेको अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, संगठित हुने अधिकारको समेत उलंघन गरेको आजपा सहअध्यक्ष थापाले बताए। नेपाली कांग्रेस र नेकपा एमालेको अप्रजातान्त्रिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारको अलोकतान्त्रिक कार्यको जनस्तरबाटै विरोध हुन थालेको उनले बताए। यस्तै उनले रौतहटको मौलापुर नगरपालिकामा भइरहेको विकास मोडेल अनुसार पोखरालाई पनि विकासको कार्यमा अगाडी बढाउनुपर्ने आवश्यक रहेको बताए।

आजपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष भोजराज त्रिपाठीले फेवा तालको सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सरकारले कारवाही नगरी संरक्षण गरिरहेको आरोप समेत लगाए । भ्रष्टाचार, अनियमितता बढदै गइरहेको अहिलेको अवस्थामा चुप लागेर बस्न नसकिने उनले बताए  सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णय बिरुद्धमा भेलाले आईतबार पोखरामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

आजपा कास्की जिल्ला अध्यक्ष अर्जुन केसीको अध्यक्षतामा सम्पन्न सो भेलामा आम ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष हरि थापा, आजपा कास्की जिल्ला इन्चार्ज सन्तोष साह, आम महिला मोर्चा गण्डकी प्रदेशका इन्चार्ज सीता सुवेदी, गण्डकी प्रदेश अध्यक्ष पवित्रा मल्ल, आईटी आर्मी गण्डकी प्रदेश अध्यक्ष मोजेलाल यादव, आम जनजाती महासंघ गण्डकी प्रदेश अध्यक्ष खेम थापा, आजपा केन्द्रीय सदस्य सूर्य गुरुङ, गण्डकी प्रदेश उपाध्यक्ष रामजी गुप्ता लगायतको विशेष सहभागि रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ: महान्यायाधिवक्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री