बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन १३, २०८०
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • १३ असोज, सुर्खेत ।
  • सुर्खेतमा बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड भइरहेको छ।
  • ८ बर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ ।

१३ असोज, सुर्खेत । सुर्खेतमा बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड भइरहेको छ।

८ बर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ ।  वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर  नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए । बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरु आन्दोलन सुरु गरेका छन् ।

आन्दोलन उग्र बन्दै गएपछि अहिले वीरेन्द्रनगरमा विद्युत अवरुद्ध हुनाका साथै  यातायातका साधनहरु सञ्चालनमा समस्या भइरहेको छ । आन्दोलका कारण  वीरेन्द्रनगर बजार अशान्त छ । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताएका छन्। आक्रोशित भीड घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता
स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका
सबै रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘स्त्री २’
किसानका लागि खरिद गरिएको सामग्री गोदाममै थन्कियो
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
भरतपुर महानगरपालिकाले दिए विद्यालयहरुमा सार्वजनिक बिदा