केरुङ–चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा चीनसँग सहमति

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन ९, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ९ असोज, काठमाडौं ।
  • नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ ।
  • मंगलबार बिहान संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति भएको जानकारी दिइएको हो ।

९ असोज, काठमाडौं । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ ।

मंगलबार बिहान संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति भएको जानकारी दिइएको हो ।

संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ/केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो ।

संयुक्त व्यक्तव्यमा ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारण लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ । यसमा लगानीको विषयबारे भने केही उल्लेख गरिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत
बजेट अभावले खानेपानी आयोजना अलपत्र
अख्तियार प्रमुख राईको खुलासा : भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले चाहेन
स्याउ बोक्ने कन्टेनरमा भेटिएको थियो साढे ७ किलो सुन
रवि लामिछानेको अगुवाइमा सुरु भएको ग्यालेक्सी टीभी बन्द
मनहरीमा बसको ठक्करबाट युवकको मृत्यु
आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन