महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र १९, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १९ भदौ, जनकपुरधाम ।
  • महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
  • मंगलबार दिउँसो तीन बजे सोनमा मध्यामिक विद्यालयका विद्यार्थीले गाउँपालिका कार्यालयमा तोडफोड गर्न थालेपछि झडप भएको हो।

१९ भदौ, जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

मंगलबार दिउँसो तीन बजे सोनमा मध्यामिक विद्यालयका विद्यार्थीले गाउँपालिका कार्यालयमा तोडफोड गर्न थालेपछि झडप भएको हो। तीन शिक्षकलाई सरूवा गरेपछि बिहानदेखि विद्यार्थी र स्थानीयले कार्यालय घेराउ गरेका थिए। त्यही क्रममा उनीहरूले प्रहरीको गाडीमा ढुङ्गामुढा र दुइटा मोटरसाइकलमा आगो लगाइदिएपछि झडप भएको  महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बताए।

‘झडपले ठूलो रूप लिँदा नियन्त्रणमा लिन थोरै बल प्रयोग गरिएको हो,’ एसपी मल्लले भने। आगलागी नै गरेपछि झडपलाई न्यूनीकरण गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले १८ वटा अश्रुग्यास प्रयोग गरेको एसपी मल्लले जानकारी दिए। उक्त झडपमा ७ जना प्रहरी घाइते भएका छन् भने विद्यार्थी र स्थानीय कति  घाइते भए भन्नेबारे खुलेको छैन। अहिले कार्यालयलाई कडा सुरक्षामा राखिएको छ। झडप रोकिए पनि अवस्था सामान्य नभएको  उनले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाईको आजको राशिफल
आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृ*त्यु
सरकारले दर्ता गरायो भूमी सम्बन्धि विधेयक, घरजग्गा व्यवासायीलाई सहज हुनेगरी कानुन प्रस्ताव
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
हेलिकप्टर दुर्घटना : सरकारले बनायो तीन सदस्यीय छानबिन समिति
पूर्वराजदूत सुवेदीले गठन गरे ‘जन युग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?
मुगुमा मत गणनाको तयारी हुँदै