मुगुमा मत गणनाको तयारी हुँदै
सारांश
- २३ फागुन,मुगु ।
- निर्वाचन भएको डेढ दिनपछि हिमाली जिल्ला मुगुमा मतगणना सुरु भएको छ ।
- शनिबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्बदलीय बैठकमा गोलाप्रथामार्फत दिउँसो ४ बजेबाट मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत मीन बहादुर कुँवरले बताए ।
२३ फागुन,मुगु ।
निर्वाचन भएको डेढ दिनपछि हिमाली जिल्ला मुगुमा मतगणना सुरु भएको छ । शनिबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्बदलीय बैठकमा गोलाप्रथामार्फत दिउँसो ४ बजेबाट मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत मीन बहादुर कुँवरले बताए । उनका अनुसार आज बसेको सर्बदलीय बैठकमा ४ बजेदेखि मतगणना कार्य सुरु गर्ने निर्णय भएको बताए ।

गोलाप्रथा गरेर पहिलो मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं १ बाट मतगणना कार्य सुरु गरिने उनको भनाइ छ । भौगोलिक बिकटताले टाढा रहेका स्थानबाट मतपेटिका आउन बाँकी थियो । शनिबार १ बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत पेटिका पुगेपछि ४ बजेबाट मतगणना गर्ने विषयमा छलफल भएको थियो । मुगुमा एक अस्थाई सहित ६९ वटा मतदान केन्द्र रहेका छन् । मुगुमा ३६ हजार ३१ मतदाता रहेका छन जसमध्ये २२ हजार ३ सय ५२ अथार्त ६० दशमलब ९८ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया