ईश्वरपुरमा बि.पी. कोईरालाको ४३औं स्मृति दिवस मनाइयो, रक्तदान र उत्कृष्ट विद्यार्थी सम्मान

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • ६ साउन, सर्लाही ।
  • सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा रहेको बी.
  • पी.

६ साउन, सर्लाही ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा रहेको बी.पी. सामुदायिक पुस्तकालयको आयोजनामा आज बि.पी. कोईरालाको ४३औं स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। दिवसको अवसरमा आयोजित रक्तदान शिविरमा २७ जनाले रक्तदान गरेका छन्। कार्यक्रमका संयोजक कृष्णप्रसाद उप्रेतीले रक्तदानमार्फत समाज सेवामा योगदान पु¥याइएको जानकारी दिनुुभयो । सोही अवसरमा पुस्तकालयले ईश्वरपुर नगरपालिकामा सञ्चालित १२ सामुदायिक तथा निजी विद्यालयहरूमार्फत २०८१ सालको यस ई ई मा उत्कृष्ट जिपीय हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको हो । पुस्तकालयका सचिव शंकर काफ्लेले १२ विद्यालयका २७ जना विद्यार्थीलाई सम्मान गरिएको जानकारी दिनुुभयो ।

प्रत्येक विद्यालयबाट सबैभन्दा उच्च जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरिएकामा एक विद्यालयमा एकभन्दा बढी विद्यार्थीले समान जीपीए ल्याएपछि सम्मानित विद्यार्थीको संख्या २७ पुगेको हो । कार्यक्रममा नगर उत्कृष्ट विद्यालयको रुपमा ईश्वरपुर–६ मा रहेको लालीगुराँस एकेडेमीलाई पनि सम्मान गरिएको छ। सो विद्यालयबाट २०८१ सालको यस ई ई मा सहभागी छात्र छात्रा दुबै विद्यार्थीले क्रमशः ३.९५ (बिवेक सिग्देल) नगर उत्कृष्ट छात्र तथा छात्रा तर्फ ३.९३ जिपिएका साथ आसु कुसवाहा, सिफा श्रेष्ठ, वर्षा चौधरीले जीपीए हासिल गर्दै नगरभरमै उत्कृष्ट नतिजा ल्याएका कारण बिधालयलाई समेत समान गरिएको हो ।

आयोजकका अनुसार यस्तो सम्मानले विद्यार्थीहरूमा अध्ययनप्रति रुचि र प्रतिस्पर्धात्मक भावना बढ्नुका साथै शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। साथै, बालबालिकालाई पुरस्कार तथा सम्मानले थप हौसला मिल्ने र उनीहरूको प्रगति दरमा समेत सुधार आउने अपेक्षा व्यक्त गरिएको छ। कार्यक्रम बि.पी. सामुदायिक पुस्तकालयका अध्यक्ष प्रकाश मैनालीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रमोहन यादव सहभागी थिए।

त्यस्तै, सर्लाहीका पूर्व पार्टी सभापति तथा पूर्व सांसद लक्ष्मण राय, पूर्व पार्टी सभापति सत्यदेव सिंह, नेपाली कांग्रेस सर्लाहीका उपसभापति महेन्द्र साह, पार्टी सभापति नविन अधिकारी, क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेली, संविधानसभा सदस्य रामचन्द्र चौधरी, शम्भुलाल श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तथा ईश्वरपुुर नगर प्रमुुख मनोज कुुमार आर्आय कांग्रेस महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि लगायत विभिन्न भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको उपस्थिति ईवरपुुर छ बयलवास बजारमा कायक्रम संपन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
हेटाैंडामा माेटरसाइकलको ठक्करले बालककाे मृत्यु
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग
विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी
एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी
६ वटा संसदीय समितिको बैठक आज बस्दै
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित