दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ १२, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १२ जेष्ठ, काठमाडौं।
  • व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्धा दर्ता भएको छ ।
  • सात वर्षअघि सामान लगेको उधारो नतिरेको भन्दै प्रसाईँविरुद्ध मुद्धा दायर भएको हो ।

१२ जेष्ठ, काठमाडौं। व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्धा दर्ता भएको छ । सात वर्षअघि सामान लगेको उधारो नतिरेको भन्दै प्रसाईँविरुद्ध मुद्धा दायर भएको हो । प्रसाईंले आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल इक्विपमेन्टको पैसा लामो समयसम्म तिर्न आनकानी गरेपछि आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्सलगायतले मुद्दा दायर गरेका हुन् ।

https://press4k.com/

प्रसाईंका दुई कम्पनी बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताललगायतले लिएको १६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ तिर्न बाँकी भएको मुद्धामा उल्लेख छ। प्रसाईँविरुद्ध वैशाख २४ गते झापा जिल्ला अदालतमा सात वटा मुद्दा दायर भएका हुन्। प्रसाईंसँगै बिएण्डसीका अन्य सञ्चालक रामबाबु गिरी, इन्दिरा गिरी, डा. रइस पोखरेल र अनुज जङ्ग रायमाझीलाई मुद्दामा विपक्षी बनाइएको छ।

https://press4k.com/

बिएण्डसी र प्रसाईंविरुद्ध सबैभन्दा ठूलो माग दाबीको मुद्दा लाइफलाइन ट्रेड इन्टरनेशनलको छ। जसमा रामबाबु गिरी, इन्दिरा गिरी, डा. रइस पोखरेल र अनुज जङ्ग रायमाझी पनि विपक्षी छन्। कूल पाँच करोड २३ लाख १९ हजार २०५ रुपैयाँ सावा भुक्तानी बाँकी रहेको दाबी निवेदकको छ। तीन वर्षदेखि रकम भुक्तानी नभएकाले ब्याज समेत भराउन मुद्दामा माग गरिएको छ। दुर्गा प्रसाईँले बैंक तथा  वित्तीय संस्थाको निक्षेप नतिर्ने भन्दै अभियान समेत चलाएका छन् ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?