सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, माघ १८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १८ माघ, काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको भाउमा उल्लेखनीय वृद्धि भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको छ।
  • यो वृद्धिसँगै छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

१८ माघ, काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको भाउमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको छ। यो वृद्धिसँगै छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मात्र प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज उकालो लागेको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। हिजो तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर नेपाली बजारमा पनि देखिएको हो। आगामी दिनमा मूल्यमा थप परिवर्तन आउने अनुमान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?