त्रिशूली नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आषाढ २४, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २४ असार, काठमाडौँ ।
  • जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन आग्रह गरेको छ ।
  • लगातारको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

२४ असार, काठमाडौँ ।

जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन आग्रह गरेको छ । लगातारको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवा तर्फ अत्यधिक वर्षा भएको जानकारी दिएको छ। वर्षाको कारणले सडक र पुलमा समेत क्षति पुर्‍याएकाले त्रिशूली नदी किनारका दुवै तर्फ बाढीको जोखिम बढ्न सक्ने प्रशासन कार्यालयको भनाई छ ।

प्रशासनले नदी किनार आसपासका बासिन्दालाई आवश्यकता नपरेसम्म नदीको नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न, र सम्भावित जोखिम क्षेत्रमा गएका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
ब्याटिङ नचल्दा अन्तिम खेलमा पनि चुक्यो नेपाल
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल
नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी
मोटरसाइकलको ठक्करबाट एकको मृ*त्यु
स्तर र तहवृद्धि नगरे भन्दै कविलासी नगरपालिकामा तालाबन्दी
प्रतिनिधि सभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची
विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
चिकित्सकको टोलीसहित हैजा प्रभावित वीरगन्ज जाँदै गृहमन्त्री लेखक