थर वा जन्मले होइन, कर्मले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ २१, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २१ जेठ, काठमाडौँ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय भेदभाव अन्त्य गर्न सबैलाई आ-आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेका छन् ।
  • जातीय छुवाछूत उन्मूलन दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश दिँदै उनले जात र थरको सट्टा मानवताको मूल्य र समानताको महत्वलाई जोड दिन आग्रह गरेका छन् ।

२१ जेठ, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय भेदभाव अन्त्य गर्न सबैलाई आ-आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेका छन् । जातीय छुवाछूत उन्मूलन दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश दिँदै उनले जात र थरको सट्टा मानवताको मूल्य र समानताको महत्वलाई जोड दिन आग्रह गरेका छन् ।

मानवताभन्दा माथि कुनै जात नहुने उनको भनाइ छ । ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो। मानवताभन्दा माथि कुनै जात छैन,’ उनले लेखेका छन्, ‘रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ। समभाव र समानताको विकास गरौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?