कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक १, २०८०
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १ कात्तिक, विराटनगर ।
  • कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।
  • प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ ।

१ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ ।

राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी थिए । संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी गरेका थिए । समर्थनकर्ताहरुले हस्ताक्षर सनाखत गरेपछि कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेपछि भने सत्ता गठबन्धनका दलहरुले पनि उनलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
आज काठमाडौंका तीन स्थानमा प्रदर्शन