जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की

nepaltathya_news nepaltathya_news
|
बुधबार, मंसिर १७, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • १७ मंसिर,काठमाडौं ।
  • उज्यालो पार्टीमा आवद्ध जेनजी युवा किशोरी कार्कीले अब एकजुट भएर नयाँ सोच र जागरणका साथ अगाडि बढ्ने समय आएको बताएकी छन् ।
  • बुधबार काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको घोषणा सभामा उनले अब एकजुट भएर अगाडि बढ्न नसके सधैँ राज्यको दमनमा पर्ने भन्दै भदौ २३ र २४ गते बगेको रगत खेर नजाओस भन्नको लागि सबै सहि ठाँउमा आउन आवश्यक रहेको बताईन् ।

१७ मंसिर,काठमाडौं ।

उज्यालो पार्टीमा आवद्ध जेनजी युवा किशोरी कार्कीले अब एकजुट भएर नयाँ सोच र जागरणका साथ अगाडि बढ्ने समय आएको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको घोषणा सभामा उनले अब एकजुट भएर अगाडि बढ्न नसके सधैँ राज्यको दमनमा पर्ने भन्दै भदौ २३ र २४ गते बगेको रगत खेर नजाओस भन्नको लागि सबै सहि ठाँउमा आउन आवश्यक रहेको बताईन् ।  उनले भनिन्, ‘अहिले हाम्रो देश अन्धकारमा हुदाँ, आज म उज्यालो बत्ति मुनि उभिएको छु ।

अब हामी एकजुट भएर अगाडि बढेनौ भने राज्यले सधैँ हामी माथि दमन गर्ने छ त्यसकारण नयाँ सोच, नयाँ जागरणका साथ सबै जना अगाडि बढौ । भदौ २३ र २४ गते जुन भाई बहिनीको रगत बगेको छ त्यो खेर नजाओस भन्नको लागि हामी सबै सहि ठाँउमा आउन आवश्यक छ ।’ यस्तै, उनले आफू पनि वेपत्ता पीडितको छोरी भएको भन्दै क्षतिपूर्ति न्याय नभएको बताईन् । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारले क्षतिपूर्ति पाए पनि गोली हान्ने हत्याराहरु रमाएर हिडिरहेको भन्दै क्षतिपूर्ति दिनु होईन तीनिहरुलाई कठघरामा लानु न्याय भएको उनको भनाई छ ।

उनले भनिन्, ‘म एउटा वेपत्ता पीडितको छोरी हो, त्यसकारणले पनि जेनजी आन्दोलनमा ज्यान गुमाउने परिवारहरुलाई के भन्न चहान्छु भने समय यही नै हो । अहिले आवाज उठाउन सकिएन भने न्याय पाउन गाह्रो हुन्छ र क्षतिपूर्ति न्याय होईन मैले पनि मेरो बुबा वेपत्ता हुदाँ १० लाख पाएको हो । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारले क्षतिपूर्ति त पाए तर गोली हान्ने हत्याराहरु रमाएर हिडिरहेका छन् । तीनिहरुलाई कठघरामा लानु न्याय होकि क्षतिपूर्ति न्याय हो ।’ साथै, उनले कतिजनाले सडकबाट घाइतेलाई उठाएर अस्पताल लाने बित्तिकै राजनीतिमा आउनुपर्ने भन्दै प्रश्न गरिरहेको उल्लेख गर्दै राजनीति उमेरले होईन्, पीडा, भोगाई र जीवनकालले सिकाउने बताईन् ।

उनले भनिन्, ‘कतिजनाले सडकबाट एकजना घाइतेलाई उठाएर अस्पताल लाने बित्तिकै तपाई राजनीतिमा किन आउनु पर्ने, तपाईको उमेर कति नै भयो र राजनीतिमा आउन भनेर प्रश्न गर्नु भएको छ त्यसको जवाफ के दिन चहान्छु भने राजनीति भन्ने कुरा उमेरले होईन्, पीडा आफ्नो भोगाई र आफ्नो जीवनकालले सिकाउने कुरा हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
भोलि अत्यावश्यक काम नभए घरबाट ननिस्कनूः ट्राफिक प्रहरी
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, आज सार्वजनिक बिदा
बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु