लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ १३, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १३ जेठ, काठमाडौं ।
  •   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफूहरूको पूर्वनिर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको आरोप लगाएका छन् ।
  • जेठ १५ गते राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

१३ जेठ, काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफूहरूको पूर्वनिर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको आरोप लगाएका छन् । जेठ १५ गते राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष लिङ्देनले सरकारको तर्फबाट मुठभेड निम्त्याउने क्रियाकलाप भएको आरोप लगाए ।

हामीहरूले रत्नपार्कमा कार्यक्रमको घोषणा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहीनजिकै जम्मा हुन र प्रतिवाद गर्न निर्देशन दिनुले कार्यक्रम भड्काउने आशंका निम्तिएको छ,’ उनले भने । अध्यक्ष लिङ्देनले आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने जानकारी दिँदै कार्यक्रमलाई आयोजकको नियन्त्रणमा राख्न दुई हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्ने बताए । राजावादीको तर्फबाट हिंसा भड्काउने कुनै प्रकारको गतिविधि नहुने उनले प्रतिबद्धता जनाए । उनले राजनीतिक स्वार्थका लागि नभइ नेपालजस्तो देशका लागि भोटको राजनीतिभन्दा माथि रहने अभिभावकीय संस्थाका रुपमा राजा रहनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चले गगन थापालाई भन्यो- ‘विचाराधीन मुद्दामा असर पर्नेगरी अभिव्यक्ति नदिनू’
मलंगवामा दिन दहाडै चोरी, प्रहरी सीमामा पैसा उठाउनमा व्यस्त
प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक
प्रतिनिधिसभाको बैठक बस्दै
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
काठमाडौँ महानगरपालिकाका सूचना विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जसपा नेपालले फिर्ता लियाे लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
चितवनबाट रास्वपाले शभारम्भ गर्‍यो ‘जनयात्रा’