मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन १८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १८ असोज, काठमाडौं ।
  • ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मौसम र सडकको पछिल्लो अवस्थाबारे अध्यावधिक जानकारी लिन विभागीय प्रमुखहरुको बैठक बोलाएका छन् ।
  • आज बिहान ११ बजे विभागीय प्रमुखहरुसँग बैठक राखिएको हो ।

१८ असोज, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मौसम र सडकको पछिल्लो अवस्थाबारे अध्यावधिक जानकारी लिन विभागीय प्रमुखहरुको बैठक बोलाएका छन् । आज बिहान ११ बजे विभागीय प्रमुखहरुसँग बैठक राखिएको हो ।

सो बैठकमा सडक सुरक्षा र सम्भावित विपदबाट जनधनको क्षति न्यूनीकरण गर्ने तयारीबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइने मन्त्री घिसिङको सचिवालयले जनाएको छ । अहिले परिरहेको पानीको मात्रा र पानी पर्ने क्षेत्र थप बढ्ने सम्भावना भएकाले बाढी, पहिरो, डुबान लगायतका समस्या सिर्जना हुनसक्ने आशंका छ ।

सरकारले यसको सामना गर्न जोखिमयुक्त क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने, पहिरो जाने स्थान नजिक पहिरो हटाउने मेसिन उपकरणहरु तयारी अवस्थामा राख्ने, अत्यावश्यक काममा बाहेक यात्रामा रोक लगाउने लागायतका निर्णय गरेको छ । सरकारले गरेका ती निर्णयको कार्यान्वयनको अवस्थाबारे मन्त्री घिसिङले विभागीय प्रमुखहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा
सूचना टाँसेर सर्‍यो संसद् बैठकको समय
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
१० दिनसम्म नियन्त्रणमा आएन मनाङको डढेलो
पार्टी हितविरुद्ध नलाग्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत
नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै
२ लाख रुपैयाँसहित पलेशालाई पोखरा महानरको सम्मान
रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ६० लाख अपचलन
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज