विपद्जन्य घटनामा मोरङमा ९ महिनामा २५ जनाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख २८, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २८ वैशाख, मोरङ – मोरङ जिल्लामा विगत ९ महिनाभित्र विपद्का घटनाबाट २५ जनाको मृत्यु भएको छ।
  • जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार गतवर्ष साउनदेखि चैत्र महिनासम्म सबैभन्दा बढी करेन्ट लागेर ५ महिला ८ पुरुष गरी १३ जनाको मृत्यु भएको छ।
  • जिल्लाका विभिन्न स्थानमा भएका ३६ वटा करेन्टका घटनामा २१ जना मानिस घाइते भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

 

२८ वैशाख, मोरङ –

मोरङ जिल्लामा विगत ९ महिनाभित्र विपद्का घटनाबाट २५ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार गतवर्ष साउनदेखि चैत्र महिनासम्म सबैभन्दा बढी करेन्ट लागेर ५ महिला ८ पुरुष गरी १३ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा भएका ३६ वटा करेन्टका घटनामा २१ जना मानिस घाइते भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार जिल्लामा विपद्का विषयमा विभिन्न सचेतनात्मक कार्यक्रम हुँदै आएको छ।

९ महिनाको अवधिमा ३ सय ४४ वटा विभिन्न प्राकृतिक विपद्का घटनामा २५ जनाको मृत्यु र ७२ जना मानिस घाइते भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। जिल्लामा सर्पदंशबाट ३ महिला र २ पुरुष गरी ५ जनाको मृत्यु भएको छ। वर्षा र अत्याधिक गर्मीको समयमा सर्प जमिनबाहिर सहजै भेटिने हुँदा सर्पदंशका घटना हुने गरेको देखिन्छ। कार्यालयका अनुसार चट्याङ लागेर २ महिला र १ पुरुष गरी ३ जनाको मृत्यु भएको छ। त्यसैगरी, जिल्लामा २ सय २१ वटा आगलागीका घटनामा १ जना महिलाको मृत्यु र १७ जना घाइते भएका छन्। आगलागीबाट ६२ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको जनाएको कार्यालयले १२ करोड बढी मूल्यको क्षति पुगेको जनाएको छ।

कार्यालयका अनुसार जंगली जनावर आतंकका विभिन्न २६ वटा घटनामा १ महिला र २ पुरुषको मृत्यु भएको छ। जंगली जनावर आतंकका कारण पूर्ण रुपमा एउटा घर र २८ घर आंशिक रुपमा क्षतिग्रस्त भएको छ। १३ लाख ६२ हजार रुपैयाँ बराबरको क्षति पुगेको जनाएको कार्यालयले मोरङको उत्तरपूर्व क्षेत्रमा हात्तीआतंकले बढी प्रभाव पारेको जनाएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी यादवका अनुसार गएको ९ महिनामा ३ सय ४४ वटा विपद्का घटनामा १२ करोड ४० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन आवश्यक छः वनमन्त्री शाही
एमालेको प्रथम केन्द्रीय कमिटी बैठकमा ओली- आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ
साउदीमा ९ महिनामै १३६ नेपाली कामदारको मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सय बढी वकिल
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
दाङमा एक व्यक्तिले आफैंमाथि चलाए गोली
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो