चार्जिङ सेन्टरमा राखेको माइक्रोबस बनस्थलीबाट चोरी, एक पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ १, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   १ जेठ, काठमाडौं ।
  • चार्जिङ सेन्टरमा राखेको माइक्रोबस काठमाडौंको बनस्थलीबाट चोरी भएको छ ।
  • चोरी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

१ जेठ, काठमाडौं ।

चार्जिङ सेन्टरमा राखेको माइक्रोबस काठमाडौंको बनस्थलीबाट चोरी भएको छ । चोरी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भइ बनस्थली बस्ने १९ वर्षीय सुदीप थापा छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । २९ चैतमा साढे ४ बजेतिर बनस्थलीको विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको मोइक्रोबस उनले चोरी गरेको एसपी बोहराले बताए । पक्राउ परेका थापाविरुद्ध चोरी कसुुरमा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?