सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख २३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २३ वैशाख, काठमाडौं ।
  •   सभामुख देवराज घिमिरेले संसद्मा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन्।
  • प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसदहरुले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण पक्राउ गरी कारागार चलान गरिएका विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेपछि सभामुखले उक्त रुलिङ गरेका हुन् ।

 

२३ वैशाख, काठमाडौं । 

सभामुख देवराज घिमिरेले संसद्मा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसदहरुले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण पक्राउ गरी कारागार चलान गरिएका विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेपछि सभामुखले उक्त रुलिङ गरेका हुन् । जनमत पार्टीका सांसद अब्खुल खानले संरक्षक चौधरी पक्राउ सम्बन्धमा सरकारले स्पष्ट जवाफ नदिएसम्म सदनको काम कारबाही अघि बढ्न नसक्ने बताए ।

सभामुख घिमिरेले यही वैशाख २५ गतेको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त घटनाका सम्बन्धमा सदनमा उपस्थित भएर जवाफ दिने जानकारी दिँदै सदनको काम कारबाही अघि बढाउन आग्रह गरे । चौधरी पक्राउका सम्बन्धमा गृहमन्त्री लेखकले जवाफ दिने सभामुख घिमिरेको जानकारीपश्चात् सदन नियमित कार्यसूचीमा प्रवेश गरेको छ । यही वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२÷८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल प्रारम्भ भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल
राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी दिए राजीनामा
श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
चलचित्र विधेयक, २०८१ माथि पूनः छलफल
रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल
ललितपुरका यी क्षेत्रमा आजदेखि २ महिनासम्म निषेधाज्ञा