स्वास्थ्य बिमालाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः स्वास्थ्यमन्त्री

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख १६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १६ वैशाख, काठमाडौं ।
  •   स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताएका छन्।
  • अगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन्।

 

१६ वैशाख, काठमाडौं । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताएका छन्। अगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले गत आर्थिक वर्षमा साढे सात अर्ब रुपैयाँ मात्र बजेट छुट्याइएपनि त्यो पर्याप्त नभएको बताए। उनकाअनुसार त्यतिबेला अस्पतालहरूले बिमा बोर्डबाट पाउनुपर्ने बक्यौता मात्रै १६ अर्ब रुपैयाँ रहेको थियो।

उनले बक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बिमा कसरी चल्छ ? भन्दै प्रश्न गरे। उनले चालु आर्थिक वर्षमा महिनाको औसत खर्च २ अर्ब रुपैयाँको दरले १२ महिनाको २४ अर्ब खर्च हुने अनुमान रहेको बताए।  गत वर्षको बाँकी १३ अर्ब रुपैयाँ बक्यौता समेत समावेश गर्दा कुल ३७ अर्ब पुग्ने उल्लेख गर्दै मन्त्री पौडेलले बीमा बोर्डको सञ्चालन खर्च पनि जोडेर कुल ४० अर्ब रुपैयाँ आवश्यक पर्ने स्पष्ट पारे।  उनले भने, ‘गत आर्थिक वर्षमा निवर्तमान अर्थमन्त्रीज्यूले गत आर्थिक वर्ष २०८०/८१ काल लागि बिमा कार्यक्रमका लागि साढे सात अर्ब रुपैयाँ विनियोजन गरिएको बताउनु भयो। उहाँले जुन बेला यो बोलि बोल्नुभयो त्यो बेला बिमा बोर्डले अस्पताललाई तिर्नुपर्ने बक्यौता १६ अर्ब थियो।

 

अब बक्यौता तिर्नेगरी पनि बजेट विनियोजन नहुने हो भने यो बिमा कसरी चल्छ? गत आर्थिक वर्षको बजेट र चालु आर्थिक वर्षको लागत तिर्नेगरी यो वर्ष बजेटमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न जरुरी छ।’ उनले भने, ‘एक महिनाको खर्च दुई अर्ब आउँछ भन्ने हिसाव। त्यसआधारमा १२ महिनाको २४ अर्ब आउँछ। गएको आर्थिक वर्षको बक्यौता १३ अर्ब छ। त्यो समेत लगाउँदा ३७ अर्ब भयो। बिमा बोर्ड पनि चल्नुपर्ने होला नि। त्यसकारण ४० अर्बको हारहारीमा बजेट छुट्याउन जरुरी छ। त्यसकारण मैले प्रष्टसँग भनेको छु। ४० अर्ब बजेट विनियोजन गरिएमात्र अहिलेको प्रणालीको बिमा चल्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य
आज देशैभरका निजी विद्यालयले बस र्याली  गर्दै, यस्तो छ रूट निर्धारण
रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
नवराज विक हत्या प्रकरण: २३ जनालाई जन्मकैद
अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
४५ वर्षको उमेरमा विवाह गर्दै बाहुबली एक्टर प्रभास