सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ २७, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २७ जेठ, काठमाडौं ।
  •   साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ।
  • अघिल्लो कारोबार दिन सोमबार २३.

२७ जेठ, काठमाडौं । 

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार २३.१९ अंकले बढेको नेप्से परिसूचक आज २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको हो।

नेप्से उच्च अंकले बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३११ स्क्रिप्सको २ करोड ३६ लाख  ९७ हजार १४५ कित्ता सेयर १० अर्ब १६ करोड ९ लाख ८१ लाख ७६ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ८ अर्ब ६८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पियोर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यसैगरी समृद्धि फाइनान्सको ८.३८ प्रतिशतले बढ्दा जानकी फाइनान्स र रिलाइन्स फाइनान्सको सेयर ६ प्रतिशत बढीले वृद्धि भयो। कारोबार रकमका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी शीर्षस्थानमा रह्यो।  सो कम्पनीको ५८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। अरुण कावेलीको ५३ करोड,राधी विद्युतको ४६ करोडको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये १९६ स्टक्सको मूल्य बढ्दा ५२ वटाको घट्यो। आज सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्।  फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.१२ प्रतिशतले बढ्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?