साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा

nepaltathya_news nepaltathya_news
|
सोमबार, माघ २८, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २८ माघ, काठमाडौं ।
  • साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • सोमबार पोखरा रंगशालमा भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजले विभगीय टोली आर्मीलाई १-० ले हराउँदै अनतिम चारमा पुगेको हो ।

 

२८ माघ, काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार पोखरा रंगशालमा भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजले विभगीय टोली आर्मीलाई १-० ले हराउँदै अनतिम चारमा पुगेको हो । चर्च ब्वाइजलाई जित दिलाउन राज भुषालले ८९औं मिनेटमा निर्णायक गोल गरे । नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको बललाई राजले हल्का हेडरमार्फत पोस्टको दिशा दिएका थिए । आर्मीका आविष्कार खड्का बलको नजिकै भएपनि उक्त गोल रोक्न सकेनन् ।

योसँगै चर्च ब्वाइजले गत संस्करणको सेमिफाइनलमा आर्मीसँग व्यहोरेको हारको बदला समेत लिएको छ । अब चर्च ब्वाइजले फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा माघ ३० गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गरेको थियो । बाई पाएर सिधै क्वाटरफाइनल खेलेको साविक विजेता आर्मी भने पहिलो खेलबाटै घर फर्कने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?