बालेन शाहद्वारा मतदान बहिष्कार

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ ११, २०८०
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • ११ माघ,काठमाडौं।
  • काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका छन् ।
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् ।

११ माघ,काठमाडौं। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् । उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । ‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको छ । जाने कुरो पनि छैन,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ । उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?