लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ६ भदौ, काठमाडौँ ।
  • चार दलीय समाजवादी मोर्चाले नेपाली भूमि लिपुलेक कालापानीको भूभाग फिर्ता ल्याउने पहल गर्न सरकारसँग माग गरेको छ ।
  • मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै मोर्चाले भारत र चीनबिच हालै पुलान– गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारुका लागि दुई पक्षीय व्यापार पुनर्स्थापना गर्ने समझदारीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल सरकारसँग यस्तो माग गरेको हो ।

६ भदौ, काठमाडौँ ।

चार दलीय समाजवादी मोर्चाले नेपाली भूमि लिपुलेक कालापानीको भूभाग फिर्ता ल्याउने पहल गर्न सरकारसँग माग गरेको छ । मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै मोर्चाले भारत र चीनबिच हालै पुलान– गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारुका लागि दुई पक्षीय व्यापार पुनर्स्थापना गर्ने समझदारीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल सरकारसँग यस्तो माग गरेको हो ।

‘ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग हो भन्ने पुष्टि गर्दछ’,मोर्चाले भनेको छ, ‘नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ । यस विषयमा नेपालको तर्फबाट कुटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । यसैबिच लिपुलेक बारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकार माथि गम्भीर आघात पुगेको छ ।’

नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चाले घोर विरोध तथा असहमति प्रकट पनि गरेको छ ।  ‘साथै सरकारलाई कुटनीतिक पहलबाट सम्बन्धित मुलुकहरूलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आव्हान गर्दछ’, मोर्चाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोवामा ज्यान गुमाएका ५ नेपालीको सनाखत, श*व नेपाल ल्याउने तयारी
मधेश प्रदेशमा आज सभाखमुको उम्मेदवारी दर्ता, निर्वाचन पुस ६ गते हुने
जीतपुरसिमराका वडा अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बेइजिङ पुगे प्रधानमन्त्री ओली,
इमेज टीभीको न्युजरुमबाट बिदा लिएर बाहिरिए सञ्चारमन्त्री खरेल
मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा
प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ
फेटा गाउपालिकामा वडा स्तरीय सुधार समिति गठन
६५ लाख नगदसहित पलेशालाई सरकारले गर्‍यो सम्मान
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन