कार्यकर्तालाई ओलीको निर्देशन- सरकारको होइन, चुनावको चिन्ता गर्नुस्

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख ११, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   ११ वैशाख, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भन्दा पनि आगामी निर्वाचनका बारेमा चिन्ता लिन कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् ।
  • बिहीबार काठमाडौंको भृकुटिमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित युथ सेलिब्रेसनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

 

११ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भन्दा पनि आगामी निर्वाचनका बारेमा चिन्ता लिन कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंको भृकुटिमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित युथ सेलिब्रेसनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यतिबेला नेकपा एमाले र कांग्रेसको सरकार एउटा संकल्पसाथ बनेको सरकार हो ।

यो स्थिरता र स्थायीत्वका लागि बनेको सरकार हो । यो केही लिएर अघि बढेको छ । सरकारको बारेमा होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’ उनले भनेका छन् । नेकपा एमालेले सधैं सरकार बचाऔं भनेर नहेर्ने बताउँदै सधैं चुनाव हेर्नुपर्ने बताए । ‘नेकपा एमालेले सरकार बनऔं, सरकार बचाऔं भनेर हेरिरहेको हुँदैन । नेकपा एमालेले सधैं चुनाव हेरेको हुन्छ । हामीले ७० को चुनाव भन्यौं । र ८४ को चुनाव भनिरहेका छौं । ढुक्कले मिसन ८४ मा लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भनेका छन् । कतिपयले सरकार ढल्छ भनेर भनिरहेको बताउँदै अहिलेको गठबन्धन स्थिरता र स्थायीत्वका लागि बनेको ओलीको भनाइ थियो ।

‘सरकार जान्छ, जान्छ भनेर भन्न थालेका छन् । लोकतन्त्रमा सरकार बन्दा लामो समयका लागि ५ वर्षका लागि बन्छ । यो तानाशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि कसैको वंशको शासन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘५० वर्षका लागि हुन्छ, २ सय ५० वर्षका लागि हुन्छ, १ सय ४ वर्षका लागि हुन्छ भनेजस्तो । हामीले भनेको स्थिरता जनताको अभिमतसहितको स्थिरता हो ।’ संसद्को बनोट अनुसार ठिक ढंगले देशलाई अघि बढाउन सकेसम्मका प्रयास नेकपा एमालेले गर्ने उनले बताए । ‘यस कुरामा चिन्ता नगर्नुस् । मिसन ८४ मा ध्यान दिनुस्,’ ओलीले सम्बोधनको क्रममा दोहोर्‍याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
दिल्लीमा मध्यराति युवतीलाई गोली प्रहार
खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्ने प्रेरणा मिलोस् : माधव नेपाल
सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन
मन्दिर जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना ,एक जनाको मृत्यु
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !
कांग्रेस बागमती संसदीय दलको मतदान सुरु
कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय