माछा मार्न गएका बोटे कालीगण्डकी नदीमा मृत फेला

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २२ चैत, पाल्पा — पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा माछा मार्न गएका एक जना कालीगण्डकी नदीमा शुक्रबार मृत फेला परेका छन् ।
  •   नदीमा मृत फेला परेका हुँगीस्थित असेर्दीका ५२ वर्षीय सञ्जय बोटे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिए ।
  • बोटे बिहीबार हुँगीको बिसमुडे घाटस्थित कालीगण्डकी नदीमा माछामार्न भनी घरबाट निस्केको उनका आफन्तले जनाएका छन् ।

 

२२ चैत, पाल्पा —

पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा माछा मार्न गएका एक जना कालीगण्डकी नदीमा शुक्रबार मृत फेला परेका छन् ।  नदीमा मृत फेला परेका हुँगीस्थित असेर्दीका ५२ वर्षीय सञ्जय बोटे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिए ।

बोटे बिहीबार हुँगीको बिसमुडे घाटस्थित कालीगण्डकी नदीमा माछामार्न भनी घरबाट निस्केको उनका आफन्तले जनाएका छन् । बिहीबार घरबाट हिँडेका बोटे शुक्रबार कालीगण्डकी नदीमा मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षकको कमान्डमा अनुसन्धानका लागि खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरेको छ । मृत बोटेको शव रामपुर अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?