यि हुन् निजामती विधेयकमा मिल्न बाँकी १० विषय

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख ७, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  •   ७ वैशाख, काठमाडौं ।
  • प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति संघीय निजामती सेवा विधेयक टुंगो लगाउने प्रयासमा छ ।
  • यसका निम्ति समितिले मिल्न बाँकी विषय पहिचान गरेर त्यसमाथि छलफल चलाइरहेको छ ।

 

७ वैशाख, काठमाडौं ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति संघीय निजामती सेवा विधेयक टुंगो लगाउने प्रयासमा छ । यसका निम्ति समितिले मिल्न बाँकी विषय पहिचान गरेर त्यसमाथि छलफल चलाइरहेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूका अनुसार मिल्न बाँकी १० वटा विषय पहिचान गरिएको छ ।

१. ट्रेड युनियन
२.कुलिङ पिरियड
३.भेटनरीमा ८ औं तह राख्ने प्रस्ताव
४.अतिरिक्त सचिव
५. प्रदेशमा अतिरिक्त सचिव
६. अतिरिक्त सचिव राख्दा कहाँ र कति संख्या ?
७. प्रदेश सचिव १० वर्षसम्म संघले पठाउने
८. स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघले पठाउने
९. मातृत्व विशेष बिदा
१०. कम्युटर अपरेटर कुन सेवामा ?

राज्य व्यवस्था तथा सुशासन समितिले गत ९ फागुनमा सांसद बडूको नेतृत्वमा संसदीय उपसमिति गठन गरेको थियो । उपसमितिले यी मिल्न बाँक विषयमा थप छलफल गर्ने गरी मूल समितिमा विधेयकको प्रतिवेदन पेश गरेको हो । ११ सदस्यीय उपसमितिमा सांसदहरू अशोककुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य रहेका थिए । बडू नेतृत्वको उपसमितिले गत चैत २० गते नै विधेयकको प्रतिवेदन मूल समितिलाई बुझाएको हो । तर, मिल्न बाँकी विषयमा सहमति खोजिँदा विधेयक अगाडि बढ्नमा बिलम्ब भएको छ । राज्य व्यवस्था समितिमा अधिकारीहरूका अनुसार सहमतिको प्रयास जारी छ । मिल्न बाँकी विषयमा सहमति जुटाएर अगाडि बढ्ने तयारी छ ।

उपसमितिले ट्रेड युनियन हालमै अवस्थाको जस्तै रहने गरी अगाडि जाने प्रस्ताव गरेको छ । तर, यससम्बन्धमा समितिमा सहमति जुट्न बाँकी छ ।ट्रेड युनियनसम्बन्धी व्यवस्था प्रस्तावित विधेयकको दफा १३१ मा छ । जसले, हाल अभ्यासमा भएजस्तै राष्ट्रियस्तरका ट्रेड युनियन रहने व्यवस्थालाई निरन्तरता दिएको छ । २०६४ सालमा निजामती ऐनको दोस्रो संशोधनपछि ट्रेड युनियनले निजामती ऐनमै स्थान पाएको थियो । ऐनको दोस्रो संशोधनलगत्तै विभिन्न आठ वटा राष्ट्रियस्तरका ट्रेड युनियन श्रम विभागमा दर्ता भएका थिए । त्यतिबेलादेखि नै राजनीतिक दलसँग आवद्ध रहनेगरी ट्रेड युनियन रहने वा नरहनेबारे बहस छ । निजामती सेवा ऐन संशोधन हुने बेलामा यो विषय बढी उठ्ने गरेको छ । यसपटक पनि यो विषयमा छलफल भएको छ । अन्तिममा ठूला दलहरू यथावत अवस्थामै जान सहमत भएका छन् । तर, यो सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेको छ ।

उपसमितिमा रहेकी चन्दा कार्की भण्डारीले दलगत ट्रेड युनियन रहन नहुने मत राखेकी छन् । रास्वपा सांसद भण्डारीको फरक मतसहित विधेयकको प्रतिवेदन मूल समितिमा पुगेको छ । निजामती सेवाको सचिव वा सहसचिवस्तरबाट सेवानिवृत्त कर्मचारीलाई ‘कुलिङ पिरियड’ तोक्ने विषयमा पनि सहमति जुटिसकेको छैन । सेवा निवृत्त भएको दुई वर्षसम्म पूर्व स्वीकृति नलिई विभिन्न काम गर्न निषेध गर्नुपर्ने, दुई वर्षसम्म निषेध गर्नुपर्ने वा कुलिङ पिरियड नै नराख्ने मत रहँदै आएको छ । भेटनरीमा ८ औं तह राख्ने प्रस्ताव पनि छ । यस्तो अभ्यास अन्यत्र रहेको भनेर प्रस्ताव गरिएको छ । अतिरिक्त सचिवको विषयमा पनि बहस जारी छ । नेपाली कांग्रेस अतिरिक्त सचिव पद राख्ने पक्षमा छ । बाँकी दलहरू यसमा सहमत भएका छैनन । अतिरिक्त सचिव संघमा राख्दा प्रदेशमा के गर्ने ?, अतिरिक्त सचिव राख्दा कहाँ र कति संख्यामा राख्ने भन्ने लगायतका विषयमा पनि कुरा मिलेको छैन ।

प्रदेश सचिव प्रदेश निजामती सेवा अन्तर्गतको दरबन्दी हुनेमा सहमति जुटेको छ । तर, आगामी १० वर्षसम्म संघले पठाउने भनिएको छ । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पनि प्रदेश निजामती सेवाको हुने तर, १० वर्षसम्म संघले पठाउने भनिएको छ । प्रदेश सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत आगामी १० वर्षसम्म संघले पठाउने व्यवस्थाले संघीयता कार्यान्वयनलाई असर गर्ने तर्क विपक्षी दलहरूले गर्दै आएका छन् । मातृत्व विशेष बिदा दिनुपर्ने विषय प्रस्तावित छ । गर्भाधारण गरेपछि महिलाले बिदा माग्दा पाउने गरी मतृत्व विशेष बिदाको अवधारणा रास्वपाकी सांसद चन्दा कार्की भण्डारीले ल्याएकी हुन् । यस्तो बिदा सुत्केरी भएपछि प्राप्त बिदामा कटौती हुने गरी दिन सकिने विषयमा आफूहरू सकारात्मक रहेको कांग्रेस सांसद बडू बताउँछन् । तर, कसरी जाने भन्नेमा सहमति जुटिसकेको छैन ।निजामती सेवामा सूचना प्रविधि थप भएको छ । यसअन्तर्गत नै कम्युटर अपरेटरलाई राख्ने वा के गर्ने भन्नेमा पनि कुरा मिल्न बाँकी रहेको छ । नमिलेका विषय टुंग्याउन प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सोमबार बस्दैछ । सोमबार बिहान ११ बजे बस्ने बैठकमा अब मिल्न बाँकी विषयमा सहमति जुटाउने प्रयास हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबलाई
नेप्सेको उकालो यात्रामा निरन्तरता, आज ३० अंकले बढ्यो बजार
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
चालकलाई छुट दिएबापत २५ हजार घुस लिने सई पक्राउ
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
काठमाडौं महानगरपालिका- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला