चालकलाई छुट दिएबापत २५ हजार घुस लिने सई पक्राउ

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर १७, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १७ मंसिर,  काठमाडौं ।
  • सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा रोल्पामा घुससहित एक प्रहरी पक्राउ परेका छन् ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ९सई० ललित कुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ परेका हुन् ।

 

१७ मंसिर,  काठमाडौं । सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा रोल्पामा घुससहित एक प्रहरी पक्राउ परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ९सई० ललित कुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ परेका हुन् । सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढाथोकीलाई सोमबार पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ