मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र ३०, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   जनकपुरधाम, ३० चैतः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथनगरमा मिथिला सांस्कृतिक संरक्षण परिषद् जनकपुरधाद्वारा रु २० करोडको लागतमा नवनिर्मित पक्की धर्मशाला भवनको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ ।
  • हनुमान् जयन्तीका अवसरमा मिथिला अबध सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामद्वारा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले भवनको उद्घाटन गर्नुभएको हो ।
  • दशरथनगरमा परिषद्द्वारा २२ कट्ठा जमिनमा निर्माण गरिएको सो भवन पाँचतलाको निर्माण गरिएको आयोजक संस्थाले जनाएको छ ।

 

जनकपुरधाम, ३० चैतः

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथनगरमा मिथिला सांस्कृतिक संरक्षण परिषद् जनकपुरधाद्वारा रु २० करोडको लागतमा नवनिर्मित पक्की धर्मशाला भवनको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ । हनुमान् जयन्तीका अवसरमा मिथिला अबध सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामद्वारा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले भवनको उद्घाटन गर्नुभएको हो । दशरथनगरमा परिषद्द्वारा २२ कट्ठा जमिनमा निर्माण गरिएको सो भवन पाँचतलाको निर्माण गरिएको आयोजक संस्थाले जनाएको छ ।

नेपाल तथा भारतका विभिन्न सामाजिक सङ्घसंस्था र धार्मिक तथा सामाजिक व्यक्तित्वको आर्थिक सहयोगमा निर्माण भएको धर्मशाला हाताभित्र सभा भवन, शौचालय तथा पक्की भान्साघर तथा पार्किङकोसमेत व्यवस्था तथा निर्माण गरिएको मिथिला अबध सांस्कृतिक संरक्षण परिषद्का अध्यक्ष डा गौराग मिश्रले जानकारी दिनुभयो । सो अवसरमा मुख्यमन्त्री सिंहले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रुपमा ख्याति प्राप्त तथा सीता माताको जन्मभूमिस्थल जनकपुरधामको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी धार्मिक पर्यटनको आकर्षण बढाउनुपर्ने सबैलाई आग्रह गर्नुभयो ।

साथै उहाँले जनकपुरधाममा आउने पर्यटक तथा हिन्दू धर्मावलम्बीलाई गुणस्तरीय सेवा प्रदान गर्ने किसिमको वातावरण बनाउन पनि अपिल गर्नुभयो । भगवान् श्रीरामको जन्मभूमि अयोध्या दर्शन गर्नेले माता सीताको जन्मस्थल जनकपुरको पनि दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेकाले जनकपुरको प्रचारप्रसार आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “जनकपुर आउने पर्यटकलाई राम्रो सेवा दिनु हाम्रो कर्तव्य हो, त्यसमा हामी पछि पर्नु हुन्न, पटकपटक पर्यटक आउने वातावरण बनाउनका लागि जनकपुरको सरसफाइ तथा गुणस्तरीय खाना र धर्मशालाको मर्मतसम्भार आवश्यक छ ।”

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?