काठमाडौँ उपत्यका वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र २३, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २३, चैत,  काठमाडौँ काठमाडौँ उपत्यका वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा पुगेको छ।
  • विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको हो।
  • ‘एयर क्वालिटी इन्डेक्स’ले काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा देखाएको हो।

 

२३, चैत,  काठमाडौँ

काठमाडौँ उपत्यका वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा पुगेको छ। विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको हो। ‘एयर क्वालिटी इन्डेक्स’ले काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा देखाएको हो।

इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २५० छ। प्रदूषणमा दोस्रो स्थानमा रहेको भारतको राजधानी दिल्लीको वायु प्रदूषण मापन आज एक्यूआई १७८ छ। त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ।त्यहाँको वायुको एक्यूआई १६९ छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआई सम्मलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ। काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति
आज विश्व क्षयरोग दिवस मनाइँदै
दुई महिनादेखि मेयरको घरमा थन्कियो कमला नगरपालिकाको एम्बुलेन्स
रूपन्देहीको उपचुनाव स्वतः रद्द
माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही
विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं: अध्यक्ष नेपाल
भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी
दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत
बनेपाको होटलमा महिला मृत फेला, हत्याको आशंका
सुनको मूल्य तोलामा छ सय रुपैयाँले घट्याे