हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र २३, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २३ चैत, काठमाडौं ।
  • नेपाल क्रिकेट संघ (क्यान)ले यही अप्रिल ९ देखि १३ सम्म हङकङ चाइना को आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम टोली सार्वजनिक गरेको छ।
  • क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

 

२३ चैत, काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)ले यही अप्रिल ९ देखि १३ सम्म हङकङ चाइना को आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम टोली सार्वजनिक गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन्।

टोलीमा कप्तान रोहितसँगै दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, सोमपाल कामी, ललित राजवंशी, कुशल मल्ल, करण के.सी, बसिर अहमद, साहब आलम, नन्दन यादव, रिजन ढकाल, गुलशन कुमार झा र लोकेश बम छन् । नन्दन पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् भने बसिर र साहब दुवै सन् २०२२ पछि पहिलोपटक टी-२०आई टोलीमा फर्किएका हुन् । चार देशीय यो प्रतियोगिता नेपालका लागि आगामी टी–२० विश्वकपको तयारीको दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको छ।

टोलीमा सन्दीप लामिछाने र अनिल शाह भने छैनन् । सन्दीप शल्यक्रियापछि रिकभर गरिरहेका छन् भने अनिल चोटका कारण टोलीबाहिर छन् । नेपालको नयाँ प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भइसकेका छन् यद्यपी यस शृंखलाका लागि भने पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नेपालको प्रशिक्षक रहनेछन् । यस प्रतियोगितामा चारवटै टोलीले एकअर्कासँग एक-एकपटक खेलेपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?