झापामा एक जनाको हत्या, छिमेकी पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर २, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २ मंसिर, काठमाडौं ।
  • झापामा एक जना व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् ।
  • बाह्रदशी गाउँपालिका-५ फुलबरीका २६ वर्षीय मानकुमार राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

२ मंसिर, काठमाडौं । झापामा एक जना व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् । बाह्रदशी गाउँपालिका-५ फुलबरीका २६ वर्षीय मानकुमार राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनले शनिबार राति करिब साढे ९ बजे सोही ठाउँका ४५ वर्षीय गंगालाल माझीलाई रडले प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार पुरानो रिसइबीका कारण राजवंशीले माझीलाई आक्रमण गरेका थिए । माझीलाई बी एण्ड सी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?