‘तीनकुने हिंसा’लाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र १६, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   १६ चैत,  काठमाडौं ।
  • शुक्रबार तीनकुनेमा भएको हिंसालाई लिएर राजावादी पार्टी राप्रपामा विवाद देखिएको छ ।
  • आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहितका नेता पक्राउ पर्दा पनि अध्यक्ष राजेन्द्र लिङ्देन भेट्न पनि नपुगेको र आन्दोलन राप्रपाको होइन भन्ने अभिव्यक्ति दिएको भन्दै पदाधिकारीहरूले आक्रोश व्यक्त गरेका छन् ।

 

१६ चैत,  काठमाडौं ।

शुक्रबार तीनकुनेमा भएको हिंसालाई लिएर राजावादी पार्टी राप्रपामा विवाद देखिएको छ । आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहितका नेता पक्राउ पर्दा पनि अध्यक्ष राजेन्द्र लिङ्देन भेट्न पनि नपुगेको र आन्दोलन राप्रपाको होइन भन्ने अभिव्यक्ति दिएको भन्दै पदाधिकारीहरूले आक्रोश व्यक्त गरेका छन् ।

मिश्र र राणालाई भेट्न अहिलेसम्म पनि लिङ्देन नपुगेको र उनको धारणाका विषयमा अहिले ३ बजे बस्ने बैठकमा चर्कोरुपमा कुरा उठाउने ती नेताले बताए । “लिङ्देनलाई आन्दोलनको स्वामित्व लिने कि पार्टी छाड्ने भन्नेसम्मको कुरा उठाउने तयारीमा छौँ,” ती नेताले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?