प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

nepaltathya_news nepaltathya_news
|
बुधबार, फाल्गुन २८, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २८ फागुन, काठमाडौं ।
  • आज प्रतिनिधिसभा बैठक बस्दै छ ।
  • अपराह्न ११ः०० बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने छन् ।

२८ फागुन, काठमाडौं ।

आज प्रतिनिधिसभा बैठक बस्दै छ । अपराह्न ११ः०० बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने छन् । संसद् सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने भएको छ ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने छन् । गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नुहुने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
बढ्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
मोदीको मन्त्रिमण्डलमा अधिकांश पुरानै अनुहार दोहोरिए [सूचीसहित]
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने