परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  •   १० फागुन, काठमाडौँ ।
  • परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् ।
  • संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार जेनेभा प्रस्थान गरेकी हुन् ।

 

१० फागुन, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् ।संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार जेनेभा प्रस्थान गरेकी हुन् ।

मन्त्री राणालाई शनिबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरे । यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उक्त उच्चस्तरीय सत्रलाई मन्त्री डा देउवाले यही १२ गते सम्बोधन गर्नेछिन् । भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्नेछिन् । मन्त्री डा देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनेछिन् । उनी यही फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभामा भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने
राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
स्थानीय तह बजेट : ग्रामथानमा एमाले– माओवादीबीच झगडा
मौसम पूर्वानुमान : देशभर आंशिक बदली, तराईमा हुस्सु र कुहिरोको असर
ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस
मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ
सुशासनमा सुधार गरे ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ : श्रेष्ठ
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री