सर्पको डसाईबाट बालिकाको मृ*त्यु
सारांश
- ७ असार, काठमाडौं ।
- सर्पको डसाईबाट सुनसरी कोशी गाउँपालिकामा शनिबार बिहान एक जना बालिकको मृत्यु भएको छ।
- बिहान १०:३० बजेतिर आफ्नै घरको आँगनमा खेलिरहेको बेला सर्पको डसाईबाट कोशी गाउँपालिका वडा नं.

७ असार, काठमाडौं ।
सर्पको डसाईबाट सुनसरी कोशी गाउँपालिकामा शनिबार बिहान एक जना बालिकको मृत्यु भएको छ। बिहान १०:३० बजेतिर आफ्नै घरको आँगनमा खेलिरहेको बेला सर्पको डसाईबाट कोशी गाउँपालिका वडा नं. ८ का नन्कु टोल बस्ने कासिम मियाँकी १२ वर्षे छोरी नबिजन खातुनको मृत्यु भएको हो। दाहिने खुट्टाको घुडामुनि सर्पले डसेपछि तत्काल जिल्ला अस्पताल इनरुवा ल्याएर उपचार सम्भव नभएपछि कोशी अञ्चल अस्पताल

विराटनगर लगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी प्रवक्ता योगराज खतिवडाले बताए। बालिकालाई कुन सर्पले टोकेको भन्ने खुल्न सकेको छैन। पूर्वी तराईका जिल्लामा बर्खा लागेसँगै सर्पको बिगबिगी बढेको छ। पूर्वका जिल्लामा बर्सेनि सर्पले डसेका बिरामीको संख्या बढ्दो छ। पछिल्लो समय विशेष गरी कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुरमा सेना, सरकारी अस्पतालसँगै निजी अस्पतालले सर्पले डसेका बिरामीको उपचार गर्दै आए पनि कतिपयले उपचार गर्न ढिलाइ गर्दा मृत्यु हुने क्रम पनि बढ्दो छ।

प्रतिक्रिया