नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   ४ फागुन , शनिबार राति नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड मच्चिँदा ज्यान गुमाएका १८ जनाका परिवारलाई भारतीय रेलवेले जनही १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।
  • यस्तै घटनामा गम्भीर घाइते भएकाहरूलाई २ लाख ५० हजार र सामान्य घाइतेलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा भारतीय रेलवेले गरेको छ।
  • भारतीय पत्रिका दैनिक भास्करका अनुसार करिब ९:२६ बजे भएको भागदौडमा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको हो।

 


४ फागुन , शनिबार राति नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड मच्चिँदा ज्यान गुमाएका १८ जनाका परिवारलाई भारतीय रेलवेले जनही १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।

यस्तै घटनामा गम्भीर घाइते भएकाहरूलाई २ लाख ५० हजार र सामान्य घाइतेलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा भारतीय रेलवेले गरेको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार करिब ९:२६ बजे भएको भागदौडमा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको हो। घटनामा २५ भन्दा बढी घाइते भएका छन्।

दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो। राति करिब ८:३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चियो। रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन्। नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मृत्यु भएकाहरूप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले श्रद्धाञ्जली अर्पण गरेका छन्।

यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार फेब्रुअरी १०, २०१३ मा पनि कुम्भको समयमा प्रयागराज स्टेसनमा भागदौड हुँदा ३६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
बालकुमारी आन्दोलनमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
रविलाई ९ दिन हिरासत म्याद थप गर्न माग
९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ
नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा उडान सुरु
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
देशभर बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क