विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २ फागुन, विराटनगर- कोशी प्रदेशको राजधानी सहर विराटनगरबाट शोरूमा राखिएको कार चोरी भएको छ।
  • विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एयरपोर्टनजिक रहेको शोरुमबाट ७९ लाख ५० हजार रुपैपाँ पर्ने नयाँ कार चोरिएको हो ।
  • जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओलीले शोरुममा रखिएको कार शुक्रबार सबेरै बिहान २ बजे चोरी भएको पुष्टि गरेका छन् ।

 

२ फागुन, विराटनगर- कोशी प्रदेशको राजधानी सहर विराटनगरबाट शोरूमा राखिएको कार चोरी भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एयरपोर्टनजिक रहेको शोरुमबाट ७९ लाख ५० हजार रुपैपाँ पर्ने नयाँ कार चोरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओलीले शोरुममा रखिएको कार शुक्रबार सबेरै बिहान २ बजे चोरी भएको पुष्टि गरेका छन् । ‘शोरुममा रखिएको कार चोरी भएको खबर आएको छ । अहिले हामी अनुसन्धानको चरणमा छौँ’, उनले खबरहबलाई भने, ‘शोरुमको शिशा इँटाले हानेर फुटाएपछि कार चोरेर लगिएको जानकारी सञ्चालकबाट आएको छ। प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान र खोजतलास गरिरहेको छ ।’

विराटनगरको एयरपोर्टनजिक रहेको शोरूमबाट चोरी भएको भक्सवागन कारको बजार मूल्य ७९ लाख ५० हजार रुपैयाँ रहेको सञ्चालकले बताएका छन् । चोरीमा संलग्नले सबैभन्दा पहिले गेटको ताला फोडेका थिए । त्यसपछि शोरूमको शिशाको ठूलो ढोका इँटाले फुटाएर गएराति चोरी गरिएको हो । चोरिएको उक्त कार बागमती प्रदेश ०१०३० ८५८१ नम्बरको रहेको शोरुमका एकजना कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?