बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको आमाकै अगाडि हत्या

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ २, २०८१
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौँ, २ माघःकालिकोटको नरहरिनाथ गाउँपालिका ४ रुपसा अदेलाकी ७ वर्षीय रश्मी बोकटीको भारतको बेंगलोरमा दुस्कर्मपछि हत्या भएको छ ।
  • कामको सिलसिलामा भारतको बेंगलोर बस्दै आएका दिपेन्द्र बोकटी र सुशीला कुँवरकी छोरी रश्मीको डेरामै भएका बेला बिहारका अन्दाजी २५ वर्षीय युवकले दुस्कर्मपछि हत्या गरेको भन्दै त्यहाँस्थित नेपालीहरू आन्दोलनमा उत्रिएका छन् ।
  • बेंगलोरस्थित नेपाली सङ्घसंस्था र सामाजिक अभियान्ताहरुले गत सोमबारदेखि नाराबाजी गर्दै आन्दोलन गरिरहेको बैतडीका धनिराम बिकले बताए ।

 

काठमाडौँ, २ माघःकालिकोटको नरहरिनाथ गाउँपालिका ४ रुपसा अदेलाकी ७ वर्षीय रश्मी बोकटीको भारतको बेंगलोरमा दुस्कर्मपछि हत्या भएको छ । कामको सिलसिलामा भारतको बेंगलोर बस्दै आएका दिपेन्द्र बोकटी र सुशीला कुँवरकी छोरी रश्मीको डेरामै भएका बेला बिहारका अन्दाजी २५ वर्षीय युवकले दुस्कर्मपछि हत्या गरेको भन्दै त्यहाँस्थित नेपालीहरू आन्दोलनमा उत्रिएका छन् ।

बेंगलोरस्थित नेपाली सङ्घसंस्था र सामाजिक अभियान्ताहरुले गत सोमबारदेखि नाराबाजी गर्दै आन्दोलन गरिरहेको बैतडीका धनिराम बिकले बताए । मृतककी आमाले हत्या गरिरहेको देखेपछि चित्कार गर्दै लट्ठी प्रहार गरे पनि घाँटी थिचेर हत्या गरेको बताइएको छ । अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विषयमा सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाही र पीडित परिवारलाई राहतको माग गर्दै आवाज उठाइएको छ । भारतको बेंगलोरमा नेपालीहरूका लागि रोजगारीको आकर्षक ठाउँ बने पनि त्यहाँ महिनैपिछे नेपाली माथि दुःखद घटना हुँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
रामेछापमा जङ्गली जनावरको आक्र*मणबाट ६५ वर्षीया महिलाको मृ*त्यु
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड
बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल