लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने

nepaltathya_news nepaltathya_news
|
शनिबार, श्रावण १७, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १६ साउन, चितवन ।
  • चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ ।
  •   सो स्थानमा अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो ।

१६ साउन, चितवन ।

चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ ।  सो स्थानमा अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो । भण्डारण गृह बनाउन राप्ती नगरपालिका–१ मा २३ विगाहा १२ कठ्ठा जमिन नेपाल आयल निगमले खरिद गरेर साइट अफिस सञ्चालनमा ल्याइसकेको छ ।

चितवन र मकवानपुर जोड्ने लोथर पुलबाट ७०० मिटर पश्चिम लोथर खोलाको बाँध सम्म नियमले जग्गा लिएको हो । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको सहकार्यमा १५ अर्ब लगानीमा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइप लाइन तथा भण्डारण गृह निर्माण गरिँदै छ । आयल निगमले १० अर्ब र इन्डियन आयल कर्पोरेशनले पाँच अर्ब लगानी गरेर परियोजना सम्पन्न गर्न लागिएको हो । जग्गा खरिदमा ६० करोड खर्च भइसकेको छभने १० करोडमा थप जग्गा खरिद प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।

आधुनिक प्रविधिबाट ग्रिनफिल्ड टर्मिनल निर्माण गर्न लागिएको हो । ६२ किलोमिटर लामो पाइपलाइन निर्माण गरी जुनसुकै बेला तीन हजार २०० किलोलिटर इन्धन क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । वार्षिक दुई करोड टन इन्धन ढुवानी गर्न सक्ने क्षमताको पाइप लाइन बनाउन लागिएको हो । तीन वर्षभित्रमा काम सक्ने जनाइएको छ । सो भण्डारण गृह निर्माण गर्दा लोथर खोला र राप्ती नदीमा बलियो तटबन्धन निर्माण हुने स्थानीयवासीले आशा गरेका छन् । यससँगै रोजगारी प्राप्त हुने र व्यवसाय सञ्चालन गर्न सकिने उनीहरुको विश्वास छ । स्थानीय यमनाथ भट्ट भण्डारण गृह बनेसँगै बाढीको जोखिम घट्ने, रोजगारी पाइने र व्यवसाय चल्नेमा विश्वस्त रहेका छन् । उनले भने, ‘यो आयोजनाले हामी स्थानीयलाई फाइदा नै पुग्छ भन्ने आशामा छौँ ।’

स्थानीय दीपक खड्काले आयोजना बनेसँगै कृषि उत्पादनले स्थानीय रुपमा बजार पाउने बताउछन् । उनले भने, ‘जे काम जानिएको छ, मिल्दो काम त्यहाँ पाउन सकिन्छ ।’ वडा अध्यक्ष सिद्धिलाल स्याङतान भण्डारण गृह बनेसँगै पूर्वी चितवन बाढीबाट सुरक्षित हुने बताए । उनले भने, ‘यो चितवनकै गौरवको परियोजना हो, यसले दक्षता र क्षमता अनुसार स्थानीयलाई रोजगारी दिन्छ ।’  दैनिक पाँच सयभन्दा बढी ट्याङ्कर ओहोरदोहोर गर्ने भएकाले यहाँका सानातिना होटल, रेष्टुरेन्ट, लजलाई फाइदा पुग्ने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र गठन
अधिक तरलता हुँदा अन्तरबैंक दर घट्यो, बढाउन ८० अर्ब निक्षेप संकलन
देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली
देशभरबाट १४ हजार ३०७ कैदीबन्दी फरार, १२ हजार ८५२ जना अझै बाहिरै
संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा
सहकारीबाट ठगिएकाले न्याय पाउँछन्, म त्यसमा द‍ृढ छु : प्रधानमन्त्री
सरकारको सतर्कताले मानवीय क्षति कम भयो : मन्त्री घिसिङ