२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर २०, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २० मंसिर, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।
  • आज बिहान बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको हो ।

२० मंसिर, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको हो । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ४४ मध्ये ११ स्थान जितेर दोस्रो हुँदा उत्साहित भएको माओवादीको आज पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसेको थियो । बैठकले उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको र माओवादीको जनमत सबैतिर ‘राम्रो’ भएको निष्कर्ष निकालेको छ ।

बैठकपछि माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले भने, ‘बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’ कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार दोस्रो भए पनि त्यसलाई पनि जितकै रुपमा लिएर उत्साहित भएको उनले बताए । सापकोटाले ‘अब सबै तयारी २०८४ को चुनाव जित्नका लागि’ गर्ने बताए । त्यसका लागि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजाने, पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने उनले जानकारी दिए ।

सापकोटाले २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्न माओवादी केन्द्रले पहल गर्ने समेत बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशसभाका सचिव पराजुलीलाई ६ वर्ष कैद सजाय
आज संवैधानिक परिषद्को बैठक बस्दै। 
गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा धेरै जनाको मृत्यु :
कतारी राजा थानी आज ५ बजे नेपाल आउँदै
निजामती विधेयक विधायन समितिबाट पास
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृ*त्यु, पाँच घाइते