ड्युटी गर्दागर्दै प्रहरीको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष २४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २४ पुस,  डोटी — इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीका क्रममा मृत्यु भएको छ।
  • जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माका अनुसार बुधबार बिहान (आज) ०३:१५ बजे ड्युटीको क्रममा एक्कासी छाती दुखेर बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो ।
  • उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको थियो ।

 

२४ पुस,  डोटी — इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माका अनुसार बुधबार बिहान (आज) ०३:१५ बजे ड्युटीको क्रममा एक्कासी छाती दुखेर बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको थियो । सामान्य जाँचपछि थप उपचारको लागि बिहान ४बजे सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएको थियो। अस्पतालले पालीलाई ६:४० बजे मृत घोषणा गरेको हो । मृतक पालीको स्थायी घर डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ रूपालमा रहेको  बताइएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विनोद शर्माका अनुसार पालीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
त्रिशूली नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षको आरोप–प्रत्यारोप
बोर्ड पदाधिकारीको बैठक सम्पन्न, एसईईको नतिजा केही बेरमा
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी