६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष १०, २०८१
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • १० पुस, काठमाडौं ।
  • कजाकिस्तानको अक्ताउ शहरमा बुधबार यात्रुवाहक विमान दुर्घटना परेको छ ।
  • प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा केही मानिस हताहती भएको बताइएको छ ।

१० पुस, काठमाडौं ।

कजाकिस्तानको अक्ताउ शहरमा बुधबार यात्रुवाहक विमान दुर्घटना परेको छ । प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा केही मानिस हताहती भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार जहाजमा ६७ जना यात्रु सवार थिए ।

कजाकिस्तानका आपत्कालीन मन्त्रीका अनुसार विमान दुर्घटना भएको स्थानमा पुग्न उद्धार टोलीले प्रयास गरिरहेको छ । समाचार एजेन्सी रोयटर्यले रूसी समाचार एजेन्सीलाई हवाला दिंदै लेखेको छ, ‘जहाज अजरबैजान एयरलाइन्सको हो ।

जुन जहाज बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।’ अजरबैजान एयरलाइन्सको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?