मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक १९, २०८०
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • १९ कात्तिक, काठमाडौं ।
  • शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।
  • भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो ।

१९ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।

भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषामा ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा दिने भन्दै तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषामा उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय सरकारले गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड
जय ट्रफीका लागि आरिफको कप्तानीमा पुलिस क्लबको टोली घोषणा
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?
हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५÷२५ गजभित्रका संरचना हटाइने
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
बागमती नदीमा एक पुरुषको श*व फेला
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा