नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष २, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   २ पुस, काठमाडौं : एसीसी महिला यु-१९ एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ।
  • निरन्तरको वर्षाले मैदान प्रभावित बनाएपछि खेल ‘नो रिजल्ट’मा पुगेको आयोजक मलेसिया क्रिकेट एसोसियसनले जनाएको छ।
  • यससँगै नेपाल र भारतले अंक बाँडेका छन्।

 

२ पुस, काठमाडौं : एसीसी महिला यु-१९ एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ। निरन्तरको वर्षाले मैदान प्रभावित बनाएपछि खेल ‘नो रिजल्ट’मा पुगेको आयोजक मलेसिया क्रिकेट एसोसियसनले जनाएको छ। यससँगै नेपाल र भारतले अंक बाँडेका छन्।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर ९४ रन बनाएको हो। नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन्। त्यस्तै अलिशा कुमारी यादव २० रनमा अविजित रहिन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।भारतका लागि परुनिका सिसोडियाले सर्वाधिक ४ विकेट लिइन्। त्यस्तै आन्नदिता किशोर र मिथिला भीले १-१ विकेट लिए।

९५ रनको विजय लक्ष्य पछ्याएको भारतले ३.१ ओभरमा बिना विकेट क्षति २८ रनमा खेलिरहेका बेला वर्षाले प्रभावित बनाएको थियो। वर्षाका कारण खेल पनि ढिला सुरू भएको थियो।  नेपालले सोमबार पाकिस्तानलाई हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक, लुम्बिनी अन्तिम खेलमा पनि पराजित
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ
परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला
चितवनबाट रास्वपाले शभारम्भ गर्‍यो ‘जनयात्रा’
नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रधानमन्त्री प्रचण्ड चीनमा : यस्तो छ एक हप्ताको कार्यक्रम
मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन