परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ ७, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   ७ जेठ, विराटनगर ।
  • त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालय, विराटनगरमा अखिल (क्रान्तिकारी)ले तालाबन्दी गरेको छ ।
  • क्रान्तिकारीको  विराटनगर महानगर समितिले विभिन्न माग राखेर  परीक्षा नियन्त्रक डा.

 

७ जेठ, विराटनगर ।

त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालय, विराटनगरमा अखिल (क्रान्तिकारी)ले तालाबन्दी गरेको छ । क्रान्तिकारीको  विराटनगर महानगर समितिले विभिन्न माग राखेर  परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेको हो । विद्यार्थी संगठनका महानगर अध्यक्ष प्रितम साहका अनुसार कोशी र मधेस प्रदेशका १०६ क्याम्पसमा अध्ययनरत बीबीएस कार्यक्रमका विद्यार्थीहरूको आंशिक मौका परीक्षाको परीक्षा केन्द्र झापा जिल्लास्थित दमक बहुमुखी क्याम्पसमा तोकिएको छ ।

परीक्षा नियन्त्रक कार्यालयको निर्णयका कारण विद्यार्थीहरूलाई लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको र त्यसप्रति परीक्षा नियन्त्रक कार्यालयले बेवास्ता गरेको भन्दै संगठनले विरोध स्वरूप तालाबन्दी गरेको नेकपा (माओवादी केन्द्र) विराटनगरका  विद्यार्थीका इन्चार्ज शशी यादवले बताए । परीक्षा नियन्त्रक गोविन्द गुरागाईं लामो समयदेखि नियमित रूपमा कार्यालयमा उपस्थित नरहेको आरोप पनि उनीहरूले लगाएका छन् । अखिल (क्रान्तिकारी)ले तत्काल परीक्षा केन्द्र नजिकका क्याम्पसहरूमा सार्न माग गर्दै आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको देखियो : सर्वोच्च
कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ, १२ हजार ८५२ अझै फरार
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार
दाङमा चार महिनामा २६३ उद्योग–व्यवसाय बन्द
मधेशमा निर्वाचन आचारसंहिता कागजमै सीमित, दलहरूद्वारा खुला उल्लङ्घन जारी
नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल
आमा-छोरा हत्या घटनाः अनुसन्धानमा खटिए प्रहरी