लागुऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर १, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   १ मंसिर, काठमाडौँ ।
  • मोरङ रुपन्देही र कञ्चनपुरबाट लागुऔषधसहित नेपाल प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
  • मोरङ, लेटाङ नगरपालिका-३ मिलन चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय श्याम लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

१ मंसिर, काठमाडौँ । मोरङ रुपन्देही र कञ्चनपुरबाट लागुऔषधसहित नेपाल प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । मोरङ, लेटाङ नगरपालिका-३ मिलन चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय श्याम लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवा बस्ने ५२ वर्षीय राम केवटलाई अवैध लागुऔषध गाँजा करिब १ किलोग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेउडेहवाबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ कञ्चभोज पक्कीपुलस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय मिलिग्राम सहित भिमदत्त नगरपालिका-१८ भगतपुर बस्ने २५ वर्षीय प्रतीक कुँवरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको संयुक्त टोलीले सु.प.प्र.०२-००३ प ४६६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?