दीपक मनाङेलाई पक्राउ गरेर अदालत लगियो,

nepaltathya_news nepaltathya_news
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २७ कार्तिक, काठमाडौँ ।
  • गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पक्राउ गरेर अदालत लगिएको छ ।
  • उनलाई राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

 

२७ कार्तिक, काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पक्राउ गरेर अदालत लगिएको छ । उनलाई राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेसँग उनी पक्राउ परेका हुन् । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

ज्यान मुद्दामा मनाङे २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो ।  उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो । त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।

दीपक मनाङे समूहले २१ वर्षअघि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो ।  ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो । ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो । अब फैसलाअनुसार मनाङेले बाँकी कैद भुक्तान गर्नुपर्नेछ । फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौँ जिल्ला अदालत पेस गराउन लागिएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, ११ जना घाइते
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
मधेश प्रदेशमा आज सभाखमुको उम्मेदवारी दर्ता, निर्वाचन पुस ६ गते हुने
एनपीएलका लागि पोखराले रिटेन गर्‍यो ७ खेलाडी,
मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड